राजनीति « Khabarhub

प्रदेशलाई विकास निर्माणमा केन्द्रित गर्ने माओवादीको योजना

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सङ्घीयतालाई सुदृढ गर्न तीन तहका सरकारलाई विभिन्न भूमिकामा केन्द्रित गर्ने योजना अघि सारेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक प्रतिबद्धता पत्रमा माओवादीले सङ्घलाई नीति निर्माण, प्रदेशलाई विकास निर्माण र स्थानीय तहलाई सेवा प्रवाहमा केन्द्रित गर्ने जनाएको हो । प्रदेशको एकल तथा साझा अधिकारको सूचीद्वारा प्रदान…