Live on
Your Voice, Your Power
काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघले विरोध प्रदर्शन गरेको छ । उनीहरुले मंगलवार साँझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् । उक्त जुलुस भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका थिए ।