राजनीति « Khabarhub

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपाल सुशासन पार्टी’ नामक पार्टीको घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताएका छन् । उनले आफ्नो पार्टीले राष्ट्रियतालाई सबैभन्दा धेरै महत्व दिने भन्दै त्यसलाई शिरमा राख्ने बताए ।…