राजनीति « Khabarhub

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दिवंगत पितासमेत रहेका नेता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताएका छन् । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट विचलित नहुने बताए । ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, सुहाङले भने ।…