राजनीति « Khabarhub

नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति

काठमाडौं– सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।  मन्त्रिपरिषद् बैठकले यससँगै आठ निर्णय गरेको छ ।