राजनीति « Khabarhub

स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँँको खेल भयो : सांसद बजगाईँ

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँको खेल भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा ९–१० अर्बको खेल भएको आरोप लगाएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिएर दशकौँदेखि नाफामा रहेको नेप्सेलाई विस्थापित गर्न खोजिएको आरोप लगाए ।