Live on
Your Voice, Your Power
काठमाडौँ- सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयकहरु खासगरी मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ ।…