राजनीति « Khabarhub

आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने सरकारको घोषणा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ। संघीय संसद्‍मा पेश भएको बजेटमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका हुन् । सरकारी अधिकारीहरूलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने समेत महतले जानकारी दिए ।