राजनीति « Khabarhub

बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने कांग्रेस नेता घिमिरेको घोषणा

काठमाडौं–  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले ११ वैशाखबाट समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने बताएका हुन् ।  यसबारे ७ वैशाखभित्र विस्तृत रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।