Live on
Your Voice, Your Power
रामेछाप - रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन्। तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए। तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर, पराजित भएका थिए।