राजनीति « Khabarhub

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल अफ जेनजी कोशी प्रदेशका १४ जिल्लाका संयोजकहरूबीच छलफल भएको छ । फागुन २१ गते हुने निर्वाचन केन्द्रित भनिएको छलफलमा राई र जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङसहितको छलफल भएको हो । जेनजी राईका अनुसार उनीहरूबीच धरानमा २ घण्टा छलफल भएको थियो ।