Live on
Your Voice, Your Power
काठमाडौँ- कारबाओ कप फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ को फराकिलो अन्तरले हराएको हो । सिटीको जितमा रियाद महरेजले दुई गोल गर्दा केभिन डी ब्रोएन, फिल फोडिन, टोरेस र पाल्मरले एक एक गोल गरे । वायकोम्बेका लागि हालान गोल गरे ।