Live on
Your Voice, Your Power
उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा शनिबार राति १:१५ बजेतिर अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । सँगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।…