Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्विडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरूबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।