अपराध Archives | Page 82 of 272 | Khabarhub Khabarhub

कञ्चनपुरबाट चरेससहित एक जना पक्राउ

धनगढी – कञ्चनपुरस्थित गड्डाचौकीबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रहरी टोलीले जनकबहादुर कार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० का कार्कीलाई नौ दशमलव १७ ग्राम चरेससहित पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।