Live on
Your Voice, Your Power
स्कटल्याण्ड– स्कटल्याण्डको पश्चिमी टापुको समुद्री तटमा फसेका करिब ५० पाइलट ह्वेल मरेको अवस्थामा फेला परेका छन् । समुद्री किनारमा ठूलो मात्रामा ह्वेल फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो । उद्धारकर्मीले १५ ह्वेलको भने जीवितै उद्धार गरेका थिए । तर तीनवटा भने केही समयपछि मरेका थिए । जीवित ह्वेलहरूमध्ये ८ वयस्क र ४ बच्चाहरू रहेका छन्।…