विपिन भन्छन् – ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ भन्दा रमाइलो छ « Khabarhub

विपिन भन्छन् – ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ भन्दा रमाइलो छ


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रा’ जेठ ३ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म वर्ष २०७५ को फागुनमै रिलिज हुने भनिएको थियो । तर बीचमा विपिन कार्की दुर्घटनामा परेपछि फिल्मको छांयाकन समय लम्बियो ।

लामो समयदेखि प्रतीक्षा गरेको फिल्म ‘जात्रै जात्रा’ को रिलिज मिति नजिकिएको छ यतिबेला । रिलिज मिति नजिकिएसँगै निर्माण टिमले दर्शकको मन जित्नेमा आफूहरु ढुक्क भएको बताउने गरेका छन् ।

फिल्ममा शीर्ष भूमिका निभाएका अभिनेता विपिन कार्कीले यो फिल्म अघिल्लो फिल्म ‘जात्रा’ भन्दा पनि रमाइलो हुने बताए ।

‘यो फिल्म ‘जात्रा’ भन्दा पनि रमाइलो हुनेछ, अझै छिटो फिल्म सकिएजस्तो लाग्नेछ, दर्शकलाई अझै रमाइलो लाग्नेछ,’ विपिनले भने, ‘जात्रा हेर्नेले त यो फिल्म हेर्नैपर्ने नै भयो, नहर्नेले पनि फिल्म हेर्नुपर्ने गरी हामीले बनाएका छौँ ।’

निर्माण टिमको दाबीलाई आधार मान्ने हो भने दर्शकलाई फिल्म मन पर्ने थुप्रै कारण छन् । फिल्म ‘जात्रा’ को तुलनामा ‘जात्रै जात्रा’ अझै कमेडी भएको निर्माण टिम बताउँछ ।

यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, रविन्द्र झा, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : १४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा