‘एभेन्जर्स: इन्ड गेम’ र ‘बाहुबली २’ बाट नेपाली फिल्मकर्मीले के सिक्ने ? « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ र ‘बाहुबली २’ बाट नेपाली फिल्मकर्मीले के सिक्ने ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१७ मा प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ को चर्चा अझै पनि भइरहन्छ । यो फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरेको थियो । फिल्मलाई नेपाली दर्शकले रुचाए । हलमा यो फिल्म हेर्न दर्शकको ठूलो जमात तयार भयो । विश्वभर चर्चामा आएको यो फिल्मले गज्जबको प्रतिक्रिया पायो ।

त्यसको दुई वर्षपछि अर्को एउटा त्यस्तै आक्रामक क्रेज बनाउन सफल हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ प्रदर्शन भएको छ यही वैशाखमा । यो फिल्मले पनि नेपालमा आक्रामक व्यापार गर्न सफल भएको छ । यो फिल्मको क्रेज यतिसम्म रह्यो कि, अग्रिम बुकिङ खुलेको दिन नै फिल्मको टिकट सकिएको थियो ।

यी दुई फिल्मले नेपालमा लोभलाग्दो क्रेज बनाइरहँदा नेपाली फिल्म भने चलिरहेका छैनन् । आखिर किन नेपाली फिल्मले दर्शक गुमाएको हो ? नेपाली फिल्म नचलिरहेको अवस्थामा यी दुई फिल्मले यस्तो आक्रामक व्यापार गर्नुका कारण यी हुन्, जसलाई नेपाली फिल्मकर्मीलाई काम लाग्छ ।

आकर्षक कथा

नेपाली फिल्मका कथा निकै कमजोर हुने गरेका छन् । तर ‘बाहुबली २’ र ‘एभेन्जर्सः इन्ड गेम’ दुवै फिल्मका कथामा दमदार बनाएका छन् । जसकारण फिल्मले दर्शकको पूरै ध्यान आफूतिर तान्न सफल भएको छ । दुवै फिल्मको कथावाचन शैलीले दर्शकको ध्यान तान्छ । दुवै फिल्ममा नायकलाई शक्तिशाली बनाएर प्रस्तुत गरिएको छ । जसकारण फिल्मको कथानक दर्शकलाई मन परेको छ ।

चरित्र चित्रण

नेपाली कलाकारले प्रायः सबै फिल्ममा एकै खाले अभिनय गरिरहेका हुन्छन् । यो पनि नेपाली फिल्म क्षेत्रको कमजोरी पक्षमध्येको एक हो । तर, बाहुबली र एभेन्जर्समा ती चरित्रलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । बाहुबली हेर्दा दर्शकले प्रभासको नामसमेत याद गर्दैनन् ।

एभेन्जर्समा सिरिजमा पनि कलाकारलाई बिल्कुलै फरक तरिकाले प्रस्तुत गरिएको छ । जुन कुरा दर्शकले निकै रुचाएका छन् । नेपालमा पनि यसरी नै फिल्ममा चरित्र निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

भीएफएक्सको प्रयोग

नेपाली फिल्म क्षेत्रको इतिहास छैन । यद्यपि फिल्ममा नयाँ प्रयोगहरु हुने प्रयास भइरहेका छन् । साइन्स फिक्सन चलचित्रले विश्व सिनेमा बजारलाई आफूतिर तानिसकेको छ । हामी भने मौलिक र सामाजिक कथा बन्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।

बाहुबलीएभेन्जर्स इन्डगेम दुवै फिल्ममा भीएफएक्सको प्रयोग गरेर अर्कै संसारमा पु¥याउने प्रयास गरिएको छ । जसलाई दर्शकले रुचाएका छन् ।

सशक्त निर्देशन पक्ष

नेपाली फिल्ममा निर्देशन पक्ष पनि निकै नै निराशाजनक हुन्छ । यी दुई फिल्मको निर्देशन पक्षको पनि खुबै तारिफ भयो । तर हाम्रोमा बजारको मार्केटका आधारमा निकै नै भद्दा फिल्म बनाउने निर्देशकको कमी छैन । यी दुई फिल्मको निर्देशन पक्षको भने खुबै तारिफ भइरहेको छ ।

यसका अलावा फिल्मले त्यस्तो काल्पनिक संसारमा दर्शकलाई लैजान्छन्, जसकारण फिल्म हेर्दा दर्शकले आनन्दको महसूस गर्छन् । नेपाली फिल्मकर्मीले भने नेपालमा दर्शक छैनन् भनेरै कामचलाउ फिल्म बनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : ५० बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने