‘एभेन्जर्स: इन्ड गेम’ र ‘बाहुबली २’ बाट नेपाली फिल्मकर्मीले के सिक्ने ? | Khabarhub Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ र ‘बाहुबली २’ बाट नेपाली फिल्मकर्मीले के सिक्ने ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१७ मा प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ को चर्चा अझै पनि भइरहन्छ । यो फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरेको थियो । फिल्मलाई नेपाली दर्शकले रुचाए । हलमा यो फिल्म हेर्न दर्शकको ठूलो जमात तयार भयो । विश्वभर चर्चामा आएको यो फिल्मले गज्जबको प्रतिक्रिया पायो ।

त्यसको दुई वर्षपछि अर्को एउटा त्यस्तै आक्रामक क्रेज बनाउन सफल हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ प्रदर्शन भएको छ यही वैशाखमा । यो फिल्मले पनि नेपालमा आक्रामक व्यापार गर्न सफल भएको छ । यो फिल्मको क्रेज यतिसम्म रह्यो कि, अग्रिम बुकिङ खुलेको दिन नै फिल्मको टिकट सकिएको थियो ।

यी दुई फिल्मले नेपालमा लोभलाग्दो क्रेज बनाइरहँदा नेपाली फिल्म भने चलिरहेका छैनन् । आखिर किन नेपाली फिल्मले दर्शक गुमाएको हो ? नेपाली फिल्म नचलिरहेको अवस्थामा यी दुई फिल्मले यस्तो आक्रामक व्यापार गर्नुका कारण यी हुन्, जसलाई नेपाली फिल्मकर्मीलाई काम लाग्छ ।

आकर्षक कथा

नेपाली फिल्मका कथा निकै कमजोर हुने गरेका छन् । तर ‘बाहुबली २’ र ‘एभेन्जर्सः इन्ड गेम’ दुवै फिल्मका कथामा दमदार बनाएका छन् । जसकारण फिल्मले दर्शकको पूरै ध्यान आफूतिर तान्न सफल भएको छ । दुवै फिल्मको कथावाचन शैलीले दर्शकको ध्यान तान्छ । दुवै फिल्ममा नायकलाई शक्तिशाली बनाएर प्रस्तुत गरिएको छ । जसकारण फिल्मको कथानक दर्शकलाई मन परेको छ ।

चरित्र चित्रण

नेपाली कलाकारले प्रायः सबै फिल्ममा एकै खाले अभिनय गरिरहेका हुन्छन् । यो पनि नेपाली फिल्म क्षेत्रको कमजोरी पक्षमध्येको एक हो । तर, बाहुबली र एभेन्जर्समा ती चरित्रलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । बाहुबली हेर्दा दर्शकले प्रभासको नामसमेत याद गर्दैनन् ।

एभेन्जर्समा सिरिजमा पनि कलाकारलाई बिल्कुलै फरक तरिकाले प्रस्तुत गरिएको छ । जुन कुरा दर्शकले निकै रुचाएका छन् । नेपालमा पनि यसरी नै फिल्ममा चरित्र निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

भीएफएक्सको प्रयोग

नेपाली फिल्म क्षेत्रको इतिहास छैन । यद्यपि फिल्ममा नयाँ प्रयोगहरु हुने प्रयास भइरहेका छन् । साइन्स फिक्सन चलचित्रले विश्व सिनेमा बजारलाई आफूतिर तानिसकेको छ । हामी भने मौलिक र सामाजिक कथा बन्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।

बाहुबलीएभेन्जर्स इन्डगेम दुवै फिल्ममा भीएफएक्सको प्रयोग गरेर अर्कै संसारमा पु¥याउने प्रयास गरिएको छ । जसलाई दर्शकले रुचाएका छन् ।

सशक्त निर्देशन पक्ष

नेपाली फिल्ममा निर्देशन पक्ष पनि निकै नै निराशाजनक हुन्छ । यी दुई फिल्मको निर्देशन पक्षको पनि खुबै तारिफ भयो । तर हाम्रोमा बजारको मार्केटका आधारमा निकै नै भद्दा फिल्म बनाउने निर्देशकको कमी छैन । यी दुई फिल्मको निर्देशन पक्षको भने खुबै तारिफ भइरहेको छ ।

यसका अलावा फिल्मले त्यस्तो काल्पनिक संसारमा दर्शकलाई लैजान्छन्, जसकारण फिल्म हेर्दा दर्शकले आनन्दको महसूस गर्छन् । नेपाली फिल्मकर्मीले भने नेपालमा दर्शक छैनन् भनेरै कामचलाउ फिल्म बनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : ५० बजे

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन

अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’

काठमाडौं – दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ अलटाइम हिट

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

काठमाडौं– नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर

एलन मस्कमाथि खनिए ट्रम्प, भने- सरकारी अनुदान नपाएको भए कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किसक्थे

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकलाई लिएर विवाद चलिरहेको

एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमाले