अस्ट्रेलियामा ‘जात्रै जात्रा’ क्रेज, वर्षा बनिन् ट्रोलको शिकार « Khabarhub

अस्ट्रेलियामा ‘जात्रै जात्रा’ क्रेज, वर्षा बनिन् ट्रोलको शिकार


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले अस्ट्रेलियामा उत्साहजनक व्यापार गरेको छ । योसँगै अस्ट्रेलियामा रहेका नेपालीबीच पनि फिल्मको बजार बढ्ने लक्ष्य लिइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म हेरिसकेपछि फिल्म रुचाएको प्रतिक्रिया दिए ।

नेपालमा पनि यो फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ । यसैबीच अस्ट्रेलियामा पनि उत्तिकै लोभलाग्दो व्यापार गरेको निर्देशक भट्टराईले जानकारी दिए । अस्ट्रेलियामा २० भन्दा बढी शो भएको र ती सबै शो हाउसफूल रहेको बताइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म मन पराइरहेका छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षकले पनि फिल्मको तारिफ गरेका थिए ।

यसैबीच अस्ट्रेलियामा फिल्मको प्रमोसनका क्रममा रहेकी नायिका वर्षा राउत ट्रोलको शिकार बनेकी छिन् । उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनाइएको हो । कतिपयले भने सामान्य पोशाक भएको भन्दै ट्रोल बनाउनु मूर्खता भएको बताएका छन् ।

तर, धेरैले भने ट्रोलको शिकार बनाएका छन् । कतिले त यसलाई फिल्म चलाउने काइदाका रुपमा पनि लिएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ११ : ०३ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर