तपाईंलाई ग्यास्ट्रिकको समस्या छ ? भुलेर पनि नगर्नुहोस् यस्तो काम « Khabarhub

तपाईंलाई ग्यास्ट्रिकको समस्या छ ? भुलेर पनि नगर्नुहोस् यस्तो काम


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेटमा प्रकृतिले नै एसिड (अम्ल) उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।

कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ। जथाभावी दुखाई कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

ग्यास्ट्रिकका लक्षण यी हुन् 

– माथिल्लो पेटमा असजिलो महसुस हुने,

– खाना खाएपछि अप्ठ्यारो हुने,

– पेट दुख्ने,

– अमिलो पानी आउने,

– ढ्याउ ढ्याउ हुने,

– ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्ने,

– दिसा कालो र रगत मिसिएको हुने ।

ग्यास्ट्रिक हुँदा के खाने, के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको खानेकुरा मात्रै खानुपर्छ, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

उपचार

ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानु हुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन।

चेकजाँच गरेर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ।

‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ। भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : १० बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा