हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण | Khabarhub Khabarhub

हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरेबिया सरकारले आफ्नो अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणबाट ९ जना सर्वसाधारण घाइते भएका जनाइएको छ ।

यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये ८ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक रहेका जनाइएको छ ।

प्रवक्ता मलिकीका अनुसार घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गर्ने गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु ७ जना घाइते भएका थिए ।

प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको उल्ले गर्दै नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोहीविरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने चेतावनी दिए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ५४ बजे

पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेको छ

महँगियो उपभोक्ताको भान्सा, गेडागुडीको मूल्य मात्रै १० प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको असोज महिनामा उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत

३ महिनामा २.५ प्रतिशतले बढ्यो निजी क्षेत्रको कर्जा 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को ३ महिनामा निजी क्षेत्रमा

३ महिनामा ५ अर्ब १५ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं–चालु आर्थिक वर्षको ३ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ