बैंक ह्याक गर्ने चिनियाँ समूहका थप ४ जना पक्राउ « Khabarhub

बैंक ह्याक गर्ने चिनियाँ समूहका थप ४ जना पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो ।

अर्को १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको एसपी सिंहले बताए ।

‘अहिले थप ४ जना पक्राउ परेका छन् । उनीहरुलाई यहाँ (महानगरीय प्रहरी परिसर) ल्याउने काम भइरहेको छ । यहाँ पुर्‍याएर प्रारम्भिक अनुसन्धान गरेपछि थप केही खुल्छ,’ एसपी सिंहले भने ।

एसपी सिंहका अनुसार अध्यागमन विभागको सहयोगमा पक्राउ परेका व्यक्ति भने प्रहरीको फरार सूचीमा थिए । एटिएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने सोहीमध्येका अर्का १ जना सोमबार पक्राउ परेका हुन् ।

एसपी सिंहले पक्राउ परेका ४ जना नै चिनियाँ नागरिक भएको जानकारी आएको बताए । यद्यपि थप अनुसन्धान हुन भने बाँकी रहेको सिंहको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ४२ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज