दशरथ रंगशाला मैदानको स्तरोन्नति प्रारम्भ « Khabarhub

दशरथ रंगशाला मैदानको स्तरोन्नति प्रारम्भ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरे ।

सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए । उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए ।

उक्त अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा सदस्य–सचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ४४ बजे

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक