पहिरोले अवरुद्ध स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– पहिराका कारण अवरूद्ध स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग सोमबारदेखि खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण आइतबारदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले खुलाइएको हो ।

राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिए ।

जिल्लाका सबै भूभागका राजमार्ग सञ्चालन भइरहेका र भारि वर्षा हुँदा वा रातको समयमा अबेरसम्म सवारीसाधन नचलाउन र राजमार्ग भूभागमा बढी भिरपाखा भएका कारण दिनको समयमा पनि हेशियार भएर चलाउन प्रजिअ भण्डारीले आग्रह गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ३० बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्