केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह « Khabarhub

केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । फानीकै कारण केहिबेरपछि काठमाडौंसहित देशभर हावाहुरी चल्ने मौसमविद विभूति पोखरेलले खबरहबलाई जानकारी दिइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

उनले समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको बताइन् । यसको प्रभाव आज (शुक्रबार) र भोलि (शनिबार)सम्म हुने उनले बताइन् ।

‘अब केहीबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्न थाल्नेछ । यसबाट सबै सचेत हुनुहोस्,’ पोखरेलले भनिन्, ‘हावाहुरीबाट बच्न चाल्नुपर्ने सतर्कताका बारेमा सबै एलट हुनु आवश्यक छ ।’

फानी भारतको पूर्वी तटतर्फ अघि बढेको मौसमविदहरुले बताएका छन् । यसबाट हुने क्षति कमगर्न प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको आन्द्रप्रदेश र तामिलनाडुमा उच्च सर्तकता अपनाइएको छ । यो आँधीबाट आठ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

समुन्द्री आँधी हाल बंगलादेशको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको मौसमविदहरुले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १० : ५९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको