सुत्केरी गराउँदा लापरवाही गरेको मुद्दामा प्रसूति गृहले ५ लाख क्षतिपूर्ति भर्नुपर्ने « Khabarhub

सुत्केरी गराउँदा लापरवाही गरेको मुद्दामा प्रसूति गृहले ५ लाख क्षतिपूर्ति भर्नुपर्ने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई सुत्केरी गराउँदा लापरवाही गरेको भन्दै पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।

१३ वर्ष अगाडिको एक घटनाका सन्दर्भमा सर्वोच्चले पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्पतालका नाममा आदेश जारी गरेको हो ।

२ चैत २०६३ मा प्रसूति गराउने क्रममा भ्याकुम प्रयोग गर्दा लापरवाही भएको भन्दै पीडित पक्षले स्थानीय प्रशासनमा उजुरी दिएका थिए ।

पीडित पक्षका अनुसार अस्पताल र चिकित्सकको लापरवाहीका कारण भ्याकुम प्रयोग गरेर प्रसूति गराउँदा नवजात शिशुको शरीरमा चोट लागेको, शरीरको बायाँ भाग नचल्ने भएको, अनुहार भित्र पसेको, नाक र निधारमा घाउ भएको, टाउको पछाडि फर्केको र बायाँ गोडा बाङ्गो भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

पीडित पक्षले अस्पताल र चिकित्सकबाट ८२ लाखभन्दा बढी क्षतिपूर्ति दावी गरेको थियो । जिल्ला प्रशासन कार्यालयले भने अस्पतालले ५ लाख र चिकित्सकले ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको फैसलाविरुद्ध अस्पतालले तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दाको पुनरावेदन दर्ता गराएका थिए । पुनरावेदन अदालतले पनि जिल्ला प्रशासनकै फैसलालाई सदर गरेपछि अस्पताल प्रशासन सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बुधबार पुनरावेदन अदालतकै फैसला सदर गरेको हो ।

सर्वोच्चको आदेशपछि अब प्रसूति गृहले पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ४ : ५८ बजे

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट