जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत « Khabarhub

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।

कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ५६ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा