पशुपति भण्डारखाल जंगलमा सामूहिक आत्महत्या « Khabarhub

पशुपति भण्डारखाल जंगलमा सामूहिक आत्महत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरेका छन् । डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका हुन् ।

भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

मृतकद्धय खोटाङको दित्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका जय गिरी (४० बर्ष) र खोटाङ बस्ने उमिता दमाई भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङको याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : २५ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन