घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । नालीको कम उचाइ, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियत राखेको पाइएको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

यस्तै आयोगले पर्वत जिल्ला, साविक तिलाहार गाविसका कार्यालयका सचिव लिलप्रसाद श्रेष्ठले मिलेमतो गरी रकम बाँडेर बाख्रापालन तर्फको रु ४० हजार सरकारी रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका अनुसन्धान सहायक वीरेन्द्र पाण्डे र पसले वीरेन्द्र वर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीले भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने क्रममा मासिक रुपमा रकम नदिए सामान जफत गर्ने धम्की दिई रु तीन हजार घुस मागेको आरोप लागेको छ ।

भानु माध्यामिक विद्यालय शङ्करपुर कञ्चनपुरमा कार्यरत प्रावि तहको अनुदान दरबन्दीका शिक्षक नन्दलाल तिरुवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेशबहादुर थापाको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको आरोपमा मंगलरबार मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ४२ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै