देउवालाई ‘घामड शेरे’ भन्दै प्रचार गरेपछि नेविसंघले दियो चेतावनी, आसिफले मागे माफी « Khabarhub

देउवालाई ‘घामड शेरे’ भन्दै प्रचार गरेपछि नेविसंघले दियो चेतावनी, आसिफले मागे माफी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार आसिफ शाहले चलचित्र ‘घामड शेरे’ को प्रचार गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादमा मुछिएका छन् । यही पोस्टलाई आधार बनाउँदै नेपाली काङ्ग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले विरोध जनाएका छन् ।

नेविसंघ बैतडी जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चलचित्र ‘घामड शेरे’ सुदूरपश्चिमका कुनै हलमा पनि चल्न नदिने चेतावनी दिएपछि आसिफले माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका थिए, ‘कलाकार जगतको कलंक आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, होइन भने सुदूर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुदूरपश्चिम प्रवेशमा त्यस्ता कंलकलाई पूर्ण निषेध गरिनेछ, जय नेपाल ।’

यो पोस्टपछि कलाकार आसिफ साहले माफी माग्नुपरेको हो । साथै उनले आफूले व्यक्तिगत रुपमा कसैलाई चोट पुर्‍याउन नखोजेको र कुनै पनि राजनीतिक पार्टीप्रति आस्था नराखेको बताएका छन् ।

आसिफले प्रचारमा सघाउ पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा फिल्म ‘घामड शेरे’ को तस्वीरसँगै शेरबहादुर देउवा आक्रोशमा आएको एक तस्वीर शेयर गरेका थिए । उक्त तस्वीर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

सानेपास्थित पार्टी कार्यालयमा नेविसंघमा भएको विवादका बेला कार्यकर्ताले देउवाकै विरोध गरेपछि देउवाले पनि कार्यकर्तालाई हकारेका थिए । सोही बेलाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ मा आसिफ साह भने छैनन् । यसअघि आसिफ र निश्चल बस्नेत चलचित्र ‘दुई रुपैयाँ’ मा देखिएका थिए । ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : १५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी