ऐश्वर्या रायका रोचक प्रेम किस्सा, यसकारण गरेनन् सलमान खानले बिहे ! | Khabarhub Khabarhub

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, यसकारण गरेनन् सलमान खानले बिहे !


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् । मोडलिङका शुरुवाती दिनदेखि विवाहका दिनसम्म आइपुग्दा ऐश्वर्याको जीवनमा केही व्यक्ति आए, जोसँग उनको प्रेम प्रसङ्गको चर्चा चल्यो ।

राजीव मूलचंदानी

यो त्यतिबेलाको कुरा हो, जतिबेला ऐश्वर्याले मोडलिङ गर्थिन् । राजीव मुलनंदानी पनि मोडल थिए । शूटिङका बेला यी दुईको भेट भयो । पछि दुईबीच घनिष्टता पनि बढ्दै गयो । पछि राजीवलाई ऐश्वर्याको प्रेमी भन्न थालियो ।

केही समयपछि भने राजीवलाई मनीषा कोइरालासँग पनि नजिक भएको चर्चा चल्न थाल्यो । त्यसपछि ऐश्वर्या र राजीवको मित्रता पनि सकियो ।

सलमान खान

सलमान खान र ऐश्वर्या रायको रोमान्स हिन्दी फिल्म इतिहासको चर्चित रोमान्समध्ये एक हो । उनको प्रेम कहानीलाई भारतीय मिडियाले पर्याप्त स्थान दिए ।

कुरा सन् १९९९ तिरको हो । सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्या रायलाई लिएर ‘हम दिल दे चुके सनम’ बनाए । यही दौरान सलमान र ऐश्वर्या नजिकिए । झण्डै दुई वर्ष दुवैको रोमान्स चल्यो ।

धेरैलाई लागिरहेको थियो कि, यी दुई बिहे गर्दैछन् । शायद सलमानका लागि ऐश्वर्या ट्रफी समान थिए । जसलाई जित्दा उनमा दम्भ पलायो ।

ऐश्वर्यालाई पाएपछि उनको व्यवहार ऐश्वर्याप्रति निकै बदलियो । सलमानले धेरै शंकालु व्यवहारले हेर्न थाले । ऐश्वर्याले जुन फिल्ममा काम गर्थिन्, उक्त फिल्मको हिरोप्रति सलमानले शंका गर्थे ।

‘चलते चलते’ का बेला ऐश्वर्याले शाहरुख खानसँग काम गरेकी थिइन् । त्यहाँ सलमान खान पुगे । र, उनले तमासा देखाए । यो घटनापछि शाहरुखले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए ।

पछि सलमान र ऐश्वर्याबीच झगडा हुने गरेको र सलमानले त पिट्ने समेत गरेको सुनिन थाल्यो । सलमानको यो व्यवहारबाट आजित भएर उनले ब्रेकअप गरिन् ।

ऐश्वर्यालाई गुमाएपछि सलमानले बल्ल सम्झे कि, सलमान खानले ऐश्वर्यालाई कति माया गर्थे । बलिउडमा भन्ने गरिन्छ, सलमानले ऐश्वर्यालाई नै सच्चा प्रेम गरेका थिए । त्यसैले उनले अहिलेसम्म बिहे गरेका छैनन् ।

विवेश ओबराय

सलमानसँग सम्बन्ध तोडिएपछि ऐश्वर्या निकै तनावमा थिइन् । उनी त्यो समय विवेक ओबरायसँग शूटिङ गरिरहेकी थिइन् । विवेकलाई पनि ऐश्वर्याको पीडा महसूस भयो र दुवै साथी बन्न थाले । सलमानलाई यो कुरा निकै चित्त दुख्यो । त्यसैले उनले विवेकलाई धम्काए पनि ।

विवेक पनि के कम थिए र ! उनले पत्रकार सम्मेलन गरेर यो कुरा बाहिर ल्याइदिए । जसकारण विवेकले आफ्नो करिअरमा निकै नोक्सान बेहोर्नुपर्‍यो । ऐश्वर्यालाई विवेकले चाहन्थे तर ऐश्वर्याले भने साथी मात्र मान्ने गर्थिन् । यही कुरा नै यी दुईको ब्रेकअपको कारण बन्यो ।

अभिषेक बच्चन

अभिषेक बच्चन र ऐश्वर्या रायले केही फिल्ममा एकसाथ काम गरे । त्यतिबेला अभिषेकले करिश्मा कपूरलाई चाहन्थे । दुवैको इङ्गेजमेन्ट पनि भएको थियो तर पछि टुट्यो ।

‘गुरु’ र ‘उमराव जान’ फिल्मको छायांकनका बेला अभिषेक र ऐश्वर्या नजिक भए ।

‘गुरु’ फिल्मको टोरन्टोमा भएको प्रिमियरका बेला ऐश्वर्यालाई अभिषेकले प्रपोज गरे । उनले तुरुन्तै स्वीकारिन् । शायद ऐश्वर्या पनि अब आफ्नो जीवन स्थापित गर्न चाहन्छिन् । अभिषेकभन्दा राम्रो मान्छे उनलाई अरु लागेन । सन् २००७ मा ऐश्वर्याले अभिषेकसँग बिहे गरिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता

महोत्तरी– समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका

कांग्रेसमा मधु आचार्यको १० बुँदे सुझाव : एमालेसँग सहयात्राको समीक्षा गरौँ, पार्टी कमिटीको कार्यकाल तीन वर्षे बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

बेइजिङ– युरोपेली सङ्घ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ