पोस्टरमा यस्तो देखियो प्रदीप र जसिताको ‘लभ स्टेशन’ जोडी « Khabarhub

पोस्टरमा यस्तो देखियो प्रदीप र जसिताको ‘लभ स्टेशन’ जोडी


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ का पाँच पोस्टर सार्वजनिक गरिएको छ ।

चैत २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्म म्युजिकल लभस्टोरी कथामा निर्माण गरिएको हो । प्रदीप र जसिताको जोडीलाई यसअघि फिल्म ‘लिलिबिली’ मा दर्शकले हेर्न पाएका थिए । निर्देशक उज्जवल घिमिरेले प्रदीप र जसिताको जोडीलाई फेरि पर्दामा दोहोर्‍याएका हुन् ।

सांगीतिक प्रेमकथामा आधारित यो फिल्मका पोस्टरमा प्रदीप र जसितालाई फिचरिङ गरिएको छ । सार्वजनिक गरिएका पोस्टरमा प्रदीप र जसिताबीचको प्रेमसम्बन्ध दर्शाइएको छ । पोस्टरको डिजाइन आनन्द महर्जनले गरेका हुन् ।

फिल्मका अभिनेता प्रदीप खड्काले यो फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा पृथक भएको बताए । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायतले अभिनय गरेका छन् ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेको यो फिल्ममा आलोक शुक्लाको छाया‌ंकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत तथा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ३६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको