पोस्टरमा यस्तो देखियो प्रदीप र जसिताको ‘लभ स्टेशन’ जोडी « Khabarhub

पोस्टरमा यस्तो देखियो प्रदीप र जसिताको ‘लभ स्टेशन’ जोडी


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ का पाँच पोस्टर सार्वजनिक गरिएको छ ।

चैत २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्म म्युजिकल लभस्टोरी कथामा निर्माण गरिएको हो । प्रदीप र जसिताको जोडीलाई यसअघि फिल्म ‘लिलिबिली’ मा दर्शकले हेर्न पाएका थिए । निर्देशक उज्जवल घिमिरेले प्रदीप र जसिताको जोडीलाई फेरि पर्दामा दोहोर्‍याएका हुन् ।

सांगीतिक प्रेमकथामा आधारित यो फिल्मका पोस्टरमा प्रदीप र जसितालाई फिचरिङ गरिएको छ । सार्वजनिक गरिएका पोस्टरमा प्रदीप र जसिताबीचको प्रेमसम्बन्ध दर्शाइएको छ । पोस्टरको डिजाइन आनन्द महर्जनले गरेका हुन् ।

फिल्मका अभिनेता प्रदीप खड्काले यो फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा पृथक भएको बताए । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायतले अभिनय गरेका छन् ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेको यो फिल्ममा आलोक शुक्लाको छाया‌ंकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत तथा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ३६ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)