राष्ट्र प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो –प्रधानमन्त्री « Khabarhub

राष्ट्र प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो –प्रधानमन्त्री


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार बिहान सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्ने प्रयास गरे । उनले अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने भन्दै त्यसको बचाउ गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति देशको प्रमुख भएको हिसावमा यो सरकार राष्ट्रपतिको सरकार भएको तर्क गरे । उनले भने,‘राष्ट्रपति देशको, राष्ट्रको प्रमुख हो । म व्यक्तिको कुरा गरिराखेको छैन, संस्थाको कुरा गरिराख्या छु । राष्ट्रको प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । राष्ट्रपतिले सरकारको नीति कार्यक्रम आफ्नो सम्वोधनमार्फत गरिरहँदा गरिमायम संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ भन्ने यो अन्तरराष्ट्रिय अभ्यास हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे । सञ्चारकर्मीसँग् प्रधानमन्त्री ओलीले प्रश्न गरे“कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? यो सरकारको नीति कार्यक्रम भन्दाखेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् । ”

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैंले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गरे ।

उनले भने–“मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ? ”

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ । यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : ३५ बजे

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता