बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिवाना « Khabarhub

बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिवाना


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ ।

संसदमा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

विधेयकमा उल्लेख भएअनुसार बसमा असभ्य तथ अमर्यादिन भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिवाना हुने छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजमा पनि अब कारबाही गरिने भएको छ ।

सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषाको प्रयोग गरे १ हजार देखि ५ हजारसम्मको जरिवानाको व्यवस्था छ ।

सार्वजनिक बसमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई ५ हजारसम्म जरिवाना गरिने उल्लेख छ ।

त्यसैगरी सार्वजनिक यातायातभित्र ज्यष्ठ नागरिक अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

यातायातमा फोहर गर्ने तथा सर्वाजनिक सवारीबाट सडकमा फोहोर फालेमा १ देखि ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । सरकारले काठमाडौं उपत्याको सर्वाजनिक यायायातलाई व्यवस्थापन गर्न भन्दै विधेयक तयार गरेर संसदमा पेस गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ५९ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको