बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिवाना | Khabarhub Khabarhub

बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिवाना


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ ।

संसदमा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

विधेयकमा उल्लेख भएअनुसार बसमा असभ्य तथ अमर्यादिन भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिवाना हुने छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजमा पनि अब कारबाही गरिने भएको छ ।

सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषाको प्रयोग गरे १ हजार देखि ५ हजारसम्मको जरिवानाको व्यवस्था छ ।

सार्वजनिक बसमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई ५ हजारसम्म जरिवाना गरिने उल्लेख छ ।

त्यसैगरी सार्वजनिक यातायातभित्र ज्यष्ठ नागरिक अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

यातायातमा फोहर गर्ने तथा सर्वाजनिक सवारीबाट सडकमा फोहोर फालेमा १ देखि ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । सरकारले काठमाडौं उपत्याको सर्वाजनिक यायायातलाई व्यवस्थापन गर्न भन्दै विधेयक तयार गरेर संसदमा पेस गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ५ : ५९ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्