सरकारले मेलम्चीका पेटी ठेकेदारलाई बक्यौता रकम दिन नसक्ने « Khabarhub

सरकारले मेलम्चीका पेटी ठेकेदारलाई बक्यौता रकम दिन नसक्ने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सीएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै पनि भुक्तानी दिन नमिल्ने प्रष्ट्याएका हुन् ।

उनले सीएमसीसँग काम गरेका ठेकेदारहरुले करिब एक अर्ब ३५ करोड भुक्तानी उपलब्ध गराई दिन निवेदन दिएको उल्लेख गर्दै त्यसो गर्न कानुनी रुपमै नमिल्ने तर्क गरे ।

तर श्रमिकहरुको ज्यालावापतको रकम भने मानवीय नाताले पनि भुक्तानी गर्ने सरकारको तयारी छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सचिव बेल्बासेले बुधबार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिए ।

सीएमसी कम्पनीसँग काम गरेका श्रमिकहरुलाई दिनुपर्ने भुक्तानी ३ करोड २ लाख रहेको माग दावीसहितको निवेदन खानेपानी मन्त्रालयका पेश गरिएको छ । उनीहरुको भुक्तानी गर्न सरकार तयार रहेको उनले बताए ।

सचिव बेल्बासेले आयोजनाको बाँकी काम सम्पन्न गराउने काममा अवरोध सिर्जना गरिएको भन्दै समस्या समाधानका लागि राजनीतिक रुपमा पहल गरिदिन पनि समितिका सदस्यहरुलाई आग्रह गरे ।

राजनीतिक रुपमा ती समस्या समाधान तत्काल भए तोकिएको समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्ने सचिव बेल्बासेको प्रतिवद्धता छ । त्यसका लागि राजनीतिक रुपमा उठेका प्रश्नको हल राजनीतिक रुपमै हुनुपर्ने सरकारको अडान छ । सचिव बेल्बासेले सीएमसी कम्पनीसँग पेटी ठेकेदारले गरेको सम्झौता सरकारले कसरी हेर्न सक्छ ? भनि समितिका सदस्यहरुलाई नै प्रश्न गरेका थिए ।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको बाँकी काम नौं महिना वित्तिसक्दा पनि सुरु गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

समितिका सदस्य राजेन्द्रकुमार केसीले सीएमसी कम्पनीले छोडेको नौं महिना बित्दा पनि आयोजनाको काम अघि बढाउन नसकेकोमा आक्रोश व्यक्त गरे । नेपाली काँग्रेसका सांसदसमेत रहनु भएका उनले आयोजनाको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिएपनि त्यसअनुसार काम हुन नसकेकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले आयोजनामा संलग्न विगतका ठेकेदारहरुको भुक्तानी कसरी गर्न लागिएको पनि सरकारलाई प्रश्न गरेका थिए । उनले मेलम्ची खानेपानी आयोजनाको पाईपलाईन विस्तारको काम व्यवस्थित हुन नसकेको पाइएको उल्लेख गर्दै त्यसतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समितिका सदस्यहरुले स्थानीयले बक्यौता रकम भुक्तानी गर्न माग गर्दै दवाव दिईरहने र सरकार पनि मौन रहने हो भने सो आयोजनाको काम अघि बढन नसक्ने भएकाले सो समस्या समाधानका केन्द्रित हुन सरकारलाई सचेत पनि गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : २२ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा