धारा ३७० भारतको आन्तरिक मामिला भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ « Khabarhub

धारा ३७० भारतको आन्तरिक मामिला भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीरलाई दिँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको बताएका छन् ।

हिन्द महासागरको सम्मेलनमा सहभागी हुन मालदिभ्समा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले भारत सरकारलाई संविधानको धारा ३७० खारेज गर्ने अधिकार रहेको जनाएका हुन् ।

परराष्ट्रमन्त्रीले भारतको आन्तरिक मामिलामा कुनै टिप्पणी गरिहाल्नु उपयुक्त नहुने समेत जनाए । भारतको समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले भने, ‘अवश्य पनि संविधान परिवर्तन गर्नु (भारत) सरकारको पूर्ण अधिकार क्षेत्रभित्र पर्छ । त्यसैले हामीले यस विषयमा टिप्पणी गर्नु छैन ।’

उनले त्यस क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे नेपालको चिन्ता रहेको भन्दै उनले यस विषयमा भारत सरकारसँग सहकार्य गरिरहेको समेत जनाए । उनले भने, ‘उनीहरु त्यहाँ सुरक्षित छन् भन्ने विषयमा हामी खुशी छौं ।’

उनले भारत र पाकिस्तानबीच यस विषयमा तनाव कम हुन्छ भन्ने कुरामा आशावादी रहेको समेत जनाए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतले सबै सदस्यहरुलाई छलफलका माध्यमबाट शान्तिपूर्ण ढंगबाट समस्याको समाधान खोज्न आग्रह गरिएको उनको भनाइ छ । उनले भने, ‘तनाव बढाएर समस्याको समाधान हुन्न । द्वन्द्व कसैको हितमा पनि छैन, सदस्य मुलुकहरुले द्वन्द्वको विकल्पबाट बच्नुपर्छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : ४४ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट