स्याङ्जा जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या तीन पुग्यो « Khabarhub

स्याङ्जा जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या तीन पुग्यो


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– बुधबार स्याङ्जामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएकामध्ये एक जनाको नाम खुलेको र अन्य दुई जनाको नाम ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख (एसपी) राज कुमार लम्सालले जानकारी दिए ।

गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेका अनुसार ११ महिनाकी बालिका पनसन परियारको मृत्यु भएको भएको छ । जीपमा सवार २८ जनामध्ये बालिकाको घटना स्थलमै ज्यान गएको हो, भने अन्य दुईको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो ।

घाइते मध्ये १७ जनाको लुम्बिनी मेडिकल कलेज प्रबास, ४ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य चार जनाको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।

लुम्बिनी मेडिकल कलेज प्रवासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार १९ जनाको उपचार भइरहेको छ, जसमध्ये २ जनाको मृत्यु भइसकेको एक जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आइरहेको अर्को जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै