आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुने « Khabarhub

आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले बताए ।

“उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बद्ली रही देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् अर्यालले भने । मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने छ ।

राति देशभरि सामान्य बद्ली रही पश्चिमी र मध्यका अधिकांश र पूर्वका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोली (बिहीबार) देशभरी आंशिकदेखि सामान्य बद्ली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशभरि आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : १७ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन