तेस्रो पटक सागको मिति घोषणा, २०१९ को डिसेम्बरमा हुने « Khabarhub

तेस्रो पटक सागको मिति घोषणा, २०१९ को डिसेम्बरमा हुने


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सन् २०१९ को डिसेम्बरमा हुने भएको छ । १३ औं साग आयोजना गर्ने जिम्मा पाएको नेपालले डिसेम्बर १ देखि १० सम्म प्रतियोगिता सञ्चालन गर्ने गरी नयाँ मिति तय गरेको हो । थाइल्यान्डमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिति तय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।

नेपालले आयोजनाबाट हात झिक्न लागेको भन्ने हल्लाकाबीच नयाँ मिति घोषणा भएको हो । भौतिक पूर्वाधार निर्माणमा सरकारको उदासिनताले अहिलेसम्म तय भएको मितिमा साग आयोजना गर्न नसकिएको आलोचना पनि हुँदै आएको छ ।

भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले तत्काल साग आयोजना गर्न नसकिने भएपछि केही समय अगाडि नुवाकोटको ककनीमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले साग सेप्टेम्बरसम्मका लागि सार्न प्रस्ताव राखेको थियो ।

राखेपको प्रस्ताव एनओसीमार्फत दक्षिण एसियाली ओलम्पिक कमिटीमा साग सार्न प्रस्ताव गरिएको थियो । तर दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले साग डिसेम्बर पहिलो सातामा गर्नेगरी मिति तय गरेको श्रेष्ठले बताए । उनले भने, ‘सागको मिति सार्ने निर्णय भएको हो । नेपाल ओलम्पिक कमिटीले आधिकारिक रुपमा मिति घोषणा गर्छ।’

यसअघि १२ औं साग भारतको गुवाहाटी र सिलोङमा २०१६ मा सम्पन्न भएपछि नेपालले २०१८ मा सागको आयोजना गर्ने गरी झण्डा पाएको थियो । तर, भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाईका कारण समयमा आयोजना हुन सकेन ।

त्यसपछि एसियाली ओलम्पिक कमिटीको बैठकले साग २०१९ को मार्च महिनामा गर्न दोस्रो पटक मिति घोषणा गरेको थियो । त्यसमा सरकारले पर्याप्त बजेट दिन नसक्दा पूर्वाधार निर्माणको गति सुस्त हुँदा साग सञ्चालनको मिति तेस्रो पटक तय गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ०९ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन