‘बेला’ मा प्रदीप खड्का पक्का, ‘कबड्डी ३’ मा पनि सम्भावना « Khabarhub

‘बेला’ मा प्रदीप खड्का पक्का, ‘कबड्डी ३’ मा पनि सम्भावना


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्मवृत्तमा केही दिनदेखि गसिप चलिरहेको थियो, अभिनेता प्रदीप खड्कालाई लिएर रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘बेला’ नबन्ने भएको छ । यसको आधिकारिक घोषणा भने भएको थिएन । यद्यपि गसिपहरु बाहिरिएका थिए ।

निर्देशक रामबाबु गुरुङले भने प्रदीप खड्काको नै भूमिका रहने गरी फिल्म ‘बेला’ बन्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले स्किृप्ट तयार नभएकाले फिल्म निर्धारित समयभन्दा केही पछाडि धकेलिएको बताए ।

‘फिल्म थुप्रै लाइनमा छन्, प्रदीप खड्कालाई लिएर बनाउने फिल्म ‘बेला’ को स्किृप्ट नसकिएकाले पछाडि सरेको हो, नबन्ने भन्ने होइन,’ निर्देशक गुरुङले भने, ‘यो फिल्मको हामीले केही समयपछि औपचारिक घोषणा गर्नेछौँ ।’

साथै गुरुङले फिल्म ‘कबड्डी ३’ मा पनि प्रदीप खड्का रहन सक्ने बताए । प्रदीपसँग मौखिक सम्झौता भए पनि कागजी सम्झौता नभइसकेकाले अहिले नै भन्न नसकिने उनले बताए ।

‘अरु कलाकारसँग पनि मौखिक कुराकानी भएको छ, तर अझै पक्का भइसकेको छैन ।’, उनले भने ।

निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘साइँली’ को शनिवार ट्रेलर सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते