अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा,सम्पत्ति कर र उच्च शिक्षा नि:शुल्क–मेयर ब्याञ्जु « Khabarhub

अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा,सम्पत्ति कर र उच्च शिक्षा नि:शुल्क–मेयर ब्याञ्जु


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– धुलिखेल नगरपालिकाले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर नलिने भएको छ ।

२८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा आयोजित “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर तिर्नु नपर्ने व्यवस्था मिलाइने बताए ।

मेयर ब्याञ्जुले नगरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य बिमामा नेपाल सरकारले ५०% व्यहोर्ने गरेको र व्यक्तिहरुले तिर्नुपर्ने रकम नगरले ५०% व्यहोर्ने गरेको बताए ।

यस्तै मेयर ब्याञ्जुले धुलिखेलमा अपांग मेत्री पर्यटकीय पद मार्थ निर्माण गरिने जानकारी दिए । धुलिखेल नगरपालिका , नेपाली सेना र आइडीआई (अमेरिका ) मिलेर धुलिखेल नगरपालिकामा ३.५ किलोमिटर अपांग मैत्री पर्यटकीय पदमार्ग निर्माण गर्ने कार्यक्रममा ब्याञ्जुले जानकारी दिए ।

यस अघि नगरले अपांगता भएको व्यक्तिहरुलाई ह्विल चिएर , छडी, कान सुन्ने मेसिन बितरण तथा सीप मुलक र आय आर्जन सम्बन्धिब प्रशिक्षण गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : १३ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी