खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ « Khabarhub

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर माकलबारीमा भएको एक घटनाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गान्टे भनिने प्रकाश गोले छन् । सिन्धुपाल्चोकको गुन्सा घर भएका गोले समेतले २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर बस्ने सम्बर बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए ।

उक्त घटनामा गान्टे भनिने गोलेका अतिरिक्त भेजा किरण तामाङ भनिने किरण श्रेष्ठको समेत संलग्नता रहेको प्रहरीको भनाइ छ ।

दुवै जना फरार रहेकोमा महानगरीय अपराध महाशाखाले गान्टेलाई पक्राउ गरेको हो । गान्टेमाथि ज्यान मार्ने उद्योगअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गान्टेमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : २८ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट