सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गर्दागर्दै हेलिकोप्टरमै जन्मियो बच्चा « Khabarhub

सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गर्दागर्दै हेलिकोप्टरमै जन्मियो बच्चा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ ।

तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह (शाही)लाई उद्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको जन्म भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए ।

भदौ १६ गते सुत्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौकीमा लगेका थिए ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार गाउँपालिका–१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ५२ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट