सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गर्दागर्दै हेलिकोप्टरमै जन्मियो बच्चा « Khabarhub

सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गर्दागर्दै हेलिकोप्टरमै जन्मियो बच्चा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ ।

तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह (शाही)लाई उद्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको जन्म भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए ।

भदौ १६ गते सुत्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौकीमा लगेका थिए ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार गाउँपालिका–१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ५२ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन