‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह « Khabarhub

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उनले यस्तो आग्रह गरेका हुन् ।

बिहीबार भएको भेटमा सहायकमन्त्री र्‍याण्डमले यो रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

उनले नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह पनि गरे । सो अवसरमा अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको रक्षा मन्त्रालयका उपसचिव मुक्तिराम अर्यालले जानकारी दिए ।

भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ४५ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको