१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई « Khabarhub

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ ।

ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।

‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भएका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने बताए ।

उनले भने “प्रदेश सरकारले आगाडि बढाएको योजनाबद्ध विकास कार्यमा सङ्घीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुने छ, ”

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।

सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : १२ बजे

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक