इन्टरनेटको गति परीक्षण गर्ने प्रणाली जडान गर्दै दूरसञ्चार « Khabarhub

इन्टरनेटको गति परीक्षण गर्ने प्रणाली जडान गर्दै दूरसञ्चार


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविथको निरीक्षण प्रणाली जडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ परीक्षणको प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले दिने सेवामा तोकिए बमोजिम ब्यान्डविथ नपाउने गरेको गुनासो सम्बोधन गर्न प्राधिकरणले इन्टरनेटको गति परीक्षण गर्ने आफ्नै प्रणाली र प्रविधि प्रयोगमा ल्याउन लागेको हो ।

करिब १५ लाख रुपैयाँ खर्चेर आफ्नै प्रणाली निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ निरीक्षण प्रणाली विकासका लागि आवेदन माग गरेको छ ।

प्राधिकरणको दूरसञ्चा सेवा गुणस्तरसम्बन्धी विनियमावलीअनुसार इन्टरनेट सेवा प्रदायकले दिने सेवामा डाटा डाउनलोड दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ । इन्टरनेटमा डाटा अपलोडको दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ ।त्यस्तै सेवा प्रदायकले ग्राहकले खरिद गरेको डाटाको गतिको ७५ प्रतिशतभन्दा बढी डाटाको बहाव हुनुपर्ने विनियमावलीमा उल्लेख छ ।

प्राधिकरणले अहिले विभिन्न थर्ड पार्टी सफ्टवेयर प्रयोग गरी ब्यान्डविथ परीक्षण गर्दै आएको छ । इन्टरनेटमा अधिकतम डाटाको स्थानान्तरण दरलाई ब्यान्डविथमा मापन गरिन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : २३ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद