कस्मिरबारे भारतले लिएको निर्णय चीनलाई अमान्य! « Khabarhub

कस्मिरबारे भारतले लिएको निर्णय चीनलाई अमान्य!


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यतिबेला भारत सरकारले जम्मु कस्मिरबारे गरेको निर्णयको चर्चा विश्वभर छ । यो विषय दुई छिमेकीबीच पनि आपसी टकरावको विषय बनेको छ । भारत शासित जम्मु–कस्मिरले पाइआएको विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णय चीनले अस्वीकार गर्ने दाबी गरेपछि दुई देशबीचको टकराव बढ्ने देखिएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरी निर्माण गरेको उल्लेख गरेकी छन् । उनले कस्मिरबारे चीनको अडान कहिल्यै परिवर्तन नहुने पनि दाबी गरेकी छन् । भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन चीनलाई नरहेको प्रवक्ता हुआले बताएकी छन्।

प्रवक्ता हुआले सीमा पर्ने चिनियाँ भूभागलाई भारतीय प्रशासनिक क्षेत्राधिकारमा राख्ने निर्णयको चीनले सधैँ विरोध गर्ने पनि दाबी गरेकी छन् । भारतले सोमबार जम्मु–कस्मिर विशेष राज्यको अधिकार दिने भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्ने प्रस्ताव संसदमा दर्ता गरेपछि चीनबाट पहिलो पटक यस्तो प्रतिक्रिया आएको हो।

चीनले परिस्थितिलाई परिवर्तन गर्ने र तनाब बढाउने कुनै प्रकारका कदम नचाल्न र संयमता अपनाउन भारत र पाकिस्तानलाई आग्रह गरेको छ। कस्मिरको वर्तमान परिस्थितिप्रति चीनको गम्भीर चासो रहेको उनले बताइन्।

प्रवक्ता हुआ चुनयिङ समक्ष भारत र पाकिस्तानी सेनाबीच नियन्त्रण रेखामा भएको गोलवारी र भारत सरकारले संविधानको अनुच्छेद ३७० खारेजीको विषयमा सञ्चारकर्मीले प्रश्न सोधेका थिए। विगत दुई सातामा चीनले कस्मिरबारे दोस्रो पटक सार्वजनिक अभिव्यक्ति दिएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले बेइजिङ यात्रा गर्नुभन्दा ५ दिन अगाडि चीनको यस्तो धारणा आएको हो। साउन २६ देखि हुने उनको चीन भ्रमण क्रममा कस्मिरको विषयमा समेत छलफल हुने सम्भावना छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ४४ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर