४ वर्षका बच्चाले ‘अन्टी’ भन्दा भड्किइन् स्वरा भास्कर, सामाजिक सञ्जालमा उडाइयो मजाक « Khabarhub

४ वर्षका बच्चाले ‘अन्टी’ भन्दा भड्किइन् स्वरा भास्कर, सामाजिक सञ्जालमा उडाइयो मजाक


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री स्वरा भास्कर फेरि एकपटक विवादमा आएकी छिन् । उनले ४ वर्षीय एक बच्चालाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेपछि विवादमा मुछिएकी हुन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो क्लिपमा स्वराले एक बालकलाकारका लागि असंवेदनशील टिप्पणी गरेकी छिन् । यही कारणले स्वराले ट्रोलको समेत सामना गर्नुपरेको छ ।

भाइरल भइरहेको भिडियोमा स्वराले बालकलाकारलाई खुलेर गाली गरेकी छिन् । उनले बालकले आन्टी भन्दा आफूलाई रिस उठेकी बताएकी छिन् । स्वरा रिसाउनुको कारण ती बालकले ‘आण्टी’ भनेका थिए ।

भिडियोमा स्वराले ४ वर्षको बालकलाई गाली दिइरहेकी हुन्छिन् । साथै उनले कमिना शब्दको पनि प्रयोग गर्छिन् । उनले भन्छिन्, ‘मेरो करिअर पनि शुरु भएको थिएन, उसले मलाई आन्टी भन्यो ।’

उनले ती बच्चामाथि आफ्नो दया आएको पनि बताइन् । यता सामाजिक सञ्जालमा भने उनलाई कारवाही गर्नुपर्ने भन्दै आवाज उठेको छ । यसअघि पनि स्वरा भास्कर आफ्नो बोलीका कारण विवादमा आउने गर्थिन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ५३ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी